प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा नेपालगञ्जमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालगञ्ज , १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा बाँके पुग्नुभएको छ ।

 

प्रधानमन्त्री देउवा सिंचाइमन्त्री संजय गौतमलाई साथ लिएर आज मध्यपश्चिमका बाढी प्रभावित क्षेत्रको अवलोकनमा जानु भएको हो । हेलिकोप्टर चढेर बाँके पुगेका प्रधानमन्त्री देउवाले बर्दियाका अतिरिक्त, दाङ र बर्दिया तथा सुदूरपश्चिमको कैलालीको अवलोकन गर्ने कार्यक्रम छ ।

 

प्रधानमन्त्री देउवासामु बाँकेका सांसद्हरुले सिक्टा सिंचाइ आयोजनाको लापर्वाहीका कारण बाँकेका विभिन्न भाग डुबानमा परेको भन्दै दोषी कर्मचारी र ठेकेदारमाथि कारवाहीको माग गरेका छन् । बाढी पीडितहरुले बाढीका कारण घर र खेत सबै गुमाउनुपरेको भन्दै उचित राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । उनीहरुले आफूहरुसँग खानेकुराको अभाव रहेको भन्दै राहतका नाममा चाउचाउ बाँडेर नटार्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);