राजपाद्वारा सरकारसँग बाढी पीडितका लागि २६ अर्ब बजेटको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ , १ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले बाढीपीडितको राहतका लागि तत्काल २६ अर्ब रुपैयाँ बजेट निकासा गर्न माग गरेको छ ।

राजपा नेपालले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापनपत्र बुझाइ बाढीपीडितका लागि तत्काल २६ अर्ब रुपैयाँ बजेट निकासा गर्न माग गरेको हो । राजपा नेपालले बाढी प्रभावित क्षेत्र पुनर्निर्माण प्राधिकरण गठन गर्न पनि माग गरेको छ । राजपा नेपालले ज्ञापनपत्रमा प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय संयन्त्र निर्माण गर्न, बाढीपछिको पुनर्निर्माणका लागि स्वदेशी तथा विदेशी निकायसँग सहयोगका लागि आग्रह गर्न तथा दाता सम्मेलन आयोजना गर्न माग गरिएको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);