संरक्षणको पर्खाइमा रेलका पुराना इन्जिनहरू  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संरक्षणको पर्खाइमा रेलका पुराना इन्जिनहरू 

जनकपुरधाम। नेपाल रेल्वेको न्यारोगेजका बहुमुल्य कोइलाबाट सञ्चालन हुने इन्जिनहरूको उचित संरक्षणको अभावमा कवाडमा परिणत भइरहेको छ । नेपालले ति इन्जिनहरूको संरक्षणको लागि १७ वटा कर्मचारी खटाए पनि कर्मचारीहरूको लापरबाहीको कारण अर्बाैं मूल्य बराबरको सम्पति घाम र पानीले खिया लागेर समाप्त हुने अवस्थामा पुगेको छ । नेपाल रेल्वेको कारखानामा थन्काइएको ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ,पशुपतिनाथ, महावीरलगायतका नाम दिएको सामान संरक्षणको पर्खाइमा छ ।

विश्वमा कतै नभएको कोइलाबाट चल्ने रेलको इन्जिन २०३९ सालमा जनकपुरमा आएका बेलायतका एक रेल कम्पनीका मालिक उक्त इन्जिन माग गरेपछि त्यसको महत्वबारे नेपाली जनताले बुझेका थिए । त्यसपछि स्थानीय जनताकै आग्रहामा सकारले बेलायतलाई ती इन्जिन दिन अस्वीकार गरे । तत्कालीन सरकारले आफैँ म्युजिम बनाउने बताउँदै ती इन्जिन दिन अस्वीकार गरेको स्थानीय वुद्धिजीवीहरूको भनाइ छ ।

यता, नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक  निरञ्जन झाले संघीय सरकारसँग नेपाल रेल्वे कम्पनी ४५ करोड माग गरेकोमा मात्र २१ करोड रुपैयाँ दिएकोले तत्काल रेलका पुरना इन्जिनहरूको संरक्षणको लागि संग्रहालय बनाउन नसकिएको बताए ।

‘मभन्दा पहिलाका महाप्रन्धकले त्यसको बजेट माग गर्न सकेनन्,’ उनले भने,‘ तर, आफुहरूले ४५ करोड माग्दा २१ करोड मात्र पाए,त्यसैले तत्काल त्यसको काम हुन सकेको छैन । तर, मन्त्रालयले पुरfना ईन्जिनहरूको संरक्षणको लागि संग्रहालय निर्माण गर्न थप बजेट विनियोजन गरिने आश्वासन दिएको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);