खोटाङमा आगलागीबाट विस्थापित परिवारको विचल्ली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खोटाङमा आगलागीबाट विस्थापित परिवारको विचल्ली

खोटाङ। आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको छ । भान्साकाेठाकाे रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरू भएको आगोले घर र घरमा भएका सबै सामान जल्दा आठ जनाकाे परिवार बिचल्लीमा परेकाे हाे ।

शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउने क्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर आगलागी सुरू भएको चिसापानीका कार्यवाहक वडाध्यक्ष धनकुमार राईले बताए । 

आगलागीमा सर्वस्व गुमाएका राई परिवार हाल रेडक्रसले उपलव्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् । चिसोका कारण परिवारका वृद्धवृद्धा र बालबच्चा समस्यामा परेका छन् । आगलागीबाट विस्थापितलाई वडा कार्यालयकातर्फबाट खाद्यान्नलगायत बन्दोवस्तीका सामान उपलव्ध गराइएको कार्यवाहक वडाध्यक्ष राईले बताए । विस्थापितको घर निर्माणका लागि छिमेकीले आर्थिक र भौतिक सहयोग जुटाउने अभियान सुरु गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);