यथास्थितिमा संविधान संशोधन विधेयक पारित नहुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

यथास्थितिमा संविधान संशोधन विधेयक पारित नहुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

१९ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संविधान संशोधन विधेयक पारित नहुने बताउनुभएको छ ।

यथास्थितिमा संविधान संशोधन विधेयक पारित नहुने प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

१९ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संविधान संशोधन विधेयक पारित नहुने बताउनुभएको छ ।

बिहिबार नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारित नहुने थाहा हुँदाहुँदै मतदानको प्रक्रियामा जान नहुने बताउनुभयो । राप्रपाले समेत संशोधन विधेयक अघि बढाए विपक्षमा मतदान गर्ने स्पष्ट पारिसकेको अवस्थामा विधेयक पास हुन नसक्ने बताउनुभयो । विधेयक अघि बढाउँदा समस्या समाधान नहुने भन्दै उहाँले समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुने बताउनुभयो । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै उघि बढ्नुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै उहाँले आदिवासी जनजाति प्रतिष्ठान खारेज नहुने स्पष्ट पार्नुभयो । भेटमा आदिवासी जनजातिका प्रतिनिधिहरुले आदिवासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिबासी अधिकारसहित संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);