स्थानीय निर्वाचनमा भाग लिन कांग्रेसको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्थानीय निर्वाचनमा भाग लिन कांग्रेसको जोड

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक निकासका लागि निर्वाचन आवस्यक रहेको बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको चौथो अधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै देउवाले व्यक्तिगत अडानलाई त्याग्दै निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

सभापति देउवाले ढिलोचाँडो मधेसवादी दलहरु पनि चुनावका लागि सहमत हुने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरु पदका लागी लालायित नभएको भन्दै निर्वाचनमा गई मुलुकलाई निकास दिनु एकमात्र लक्ष्य भएको धारणा राख्नुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाँले मुलुकमा रहेका विश्वविद्यालयहरुलाई अझै पनि व्यवस्थित र समयानुकूल वनाउन नसकिएको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);