मुलुकको विखण्डन जस्तो अतिवाद सह्य हुँदैनः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मुलुकको विखण्डन जस्तो अतिवाद सह्य हुँदैनः प्रधानमन्त्री

१७ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै किसिमको अतिवादलाई सहन नसकिने स्पष्ट पार्नुभएको छ ।

मुलुकको विखण्डन जस्तो अतिवाद सह्य हुँदैनः प्रधानमन्त्री

१७ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै किसिमको अतिवादलाई सहन नसकिने स्पष्ट पार्नुभएको छ ।

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मधेसको असन्तुष्टिलाई उपयोग गरेर मुलुककै विखण्डन गर्ने प्रयास भएको उल्लेख गर्दै त्यस्ता गतिविध सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले हिमाल, पहाड र तराई काहि पनि अराजकता सह्य नहुने बताउनुभयो । उहाँले निर्वाचनको क्रममा हरेक मतपत्रको सुरक्षा गरिने समेत उल्लेख गर्नुभयो ।

आफुले मधेसी, जनजाति, थारुको असन्तुष्टीलाई सम्बोधन गर्न संविधान संशोधन पछि चुनावको घोषणा गर्न चाहेको भएपनि एमालेको नाम नलिइ एक पक्षको अवरोधबाट संसदमा छलफल समेत हुन नसकेकाले चुनावको घोषणा गरिएको बताउनुभयो । उहाँले मधेस केन्द्रित दलहरुलाई मतपत्र मार्फत आफ्नो असन्तुष्टि जाहेर गर्न आग्रह गर्नुभयो । उहाँले वर्तमान सरकारले विकास निर्माणलाई विशेष महत्व दिएको दाबी समेत गर्नुभयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाका कामहरु तीव्र गतिमा अघि बढेको दाबी गर्नूभयो । इच्छाशक्ति भए मुलुक विकासतर्फ जान सक्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले आफ्नो सरकारले जेठ भित्रमा लोडसेडिङ मुक्त गर्ने समेत दाबी गर्नुभयो ।

उहाँले अहिले पनि काठमाडौं, पोखरा, चितवन जस्ता महत्वपूर्ण शहरहरु लोडसेडिङ मुक्त भएको उल्लेख गर्र्दै इच्छाशक्तिले मुलुकलाई विकासतर्फ लैजाने बताउनुभयो । प्रधानमन्त्री दाहालले काठमाडौं–निजगढ द्रुत मार्गको काम, हुलाकी सडकको निर्माण कार्य तीव्र गतिमा अघि बढेको उल्लेख गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);