पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको नाममा अस्पताल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको नाममा अस्पताल

१७ फागुन, काठमाडौं । सरकारले बाँकेको खजुरामा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । सिंहदरवारमा मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले अस्पताल स्थापनाको निर्णय गरेको हो ।

बैठकपछि संचारकर्मीहरुसंग कुराकानी गर्दै स्वास्थ्य मन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री स्वर्गीय कोइराला बाँकेकै भएको र क्यान्सरका कारण निधन भएका कारण उहाँको नाममा अस्पताल स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद बैठकले स्थानीय बिकास मन्त्री हितराज पाण्डेको नेतृत्वमा स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदनमाथि सुझाव गठित कार्यदलको समय तीन दिन थप गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले वन सुरक्षाका लागि नेपाली सेनाका ७ सय जनालाई काजमा खटाउने निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);