महाधिवेशनबाट शक्ति लिन प्रचण्डलाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महाधिवेशनबाट शक्ति लिन प्रचण्डलाई चेतावनी


झापा, २३ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कार्यालय झापामा पार्टी सम्बद्ध युवा तथा विद्यार्थी संगठनका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धर्ना दिएका छन् ।

मंगलबार प्रधानमन्त्री तथा अध्यक्ष ओलीको गृह जिल्ला झापाका युवाले उहाँको समर्थनमा नाराबाजी गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको एकलौटी अध्यक्ष बन्न मन लागेको भए महाधिवेशनबाट निर्वाचित भएर आउन चेतावनी समेत दिएका छन् ।

धर्नामा बसेका युवा संघका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकलौटी अध्यक्ष बन्न मन लागेको भए पार्टीको महाधिवेशनको मिति तोकेर अध्यक्ष जितेर आउन चेतावनी दिनुभएको हो ।

उहाँले अध्यक्ष बन्छु भनेर मात्र नहुने भएकोले पार्टीको महाधिवेशनको मिति तोकेर अध्यक्ष जितेर आउन सुझाव दिनुभएको छ । त्यस्तै अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज ताम्लीले प्रधानमन्त्री ओलीमाथि गरिएको घेराबन्दी सह्य नहुने बताउनुभयो ।

पार्टीको जिल्ला कार्यालयमा धर्ना दिन पुगेका युवा संघका पूर्व केन्द्रीय सचिव राजु कार्कीले प्रधानमन्त्री ओलीलाई पाँच बर्षे कार्यकाल पूरा गर्न दिएको जनमतको कदर गर्न पार्टीका अन्य शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);