प्रधानमन्त्री ओली आगामी बिहीवार अजरबैजान जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

प्रधानमन्त्री ओली आगामी बिहीवार अजरबैजान जाने

kp oli

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनको १८औैं शिखर सम्मेलनमा भाग लिन आगामी बिहीवार अनरबैजानको राजधानी बाकु जानुहुने भएको छ ।

यही कात्तिक ८ र ९ गते हुने ’असंलग्न आन्दोलन’ राष्ट्रहरुका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरुको १८औँ शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली त्यसतर्फ जान लाग्नु भएको हो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले कात्तिक ९ गते शिखर सम्मेलन अन्तर्गत हुने उच्चस्तरीय छलफलमा भाग लिई ‘समसामयिक विश्वका चुनौतीहरुलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि असंलग्न आन्दोलनका बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको छ । असंलग्न आन्दोलनको संस्थापक राष्ट्र नेपाल स्थापनाकालदेखि नै सक्रिय रहँदै आएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);