पत्नीले इजलासमै विष पिएपछि न्यायाधीश गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पत्नीले इजलासमै विष पिएपछि न्यायाधीश गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं,२२ चैबुधबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालतको आदेश बदर गरी भुवन गिरीलाई थुनामै राख्न आदेश दिएको हो ।

बुधबार बहस चलिरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै शंकास्पद बस्तु खाएपछि सर्वोच्च अदालतले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । वैवाहिक बलात्कारको कसुरमा गिरीकी श्रीमतीको जाहेरीमा जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध काठमाडौँ र रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने दिएको आदेश उच्च अदालतले समेत सदर गरेको थियो । उच्च अदालतको आदेशविरुद्ध गिरीकी पत्नी सर्वोच्च अदालत गएकी हुन् । गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनले अनसनसमेत बस्ने गरेकी थिइन् ।

सर्वोच्च अदालतको आदेशमा सम्बन्धविच्छेद र वैवाहिक बलात्कारको मुद्दा चलिरहेको अवस्थामा प्रतिवादी पीडितको कोठामा गएको कुरालाई स्वाभाविक मान्न नसकिने भएकाले पछि ठहरे बमोजिम हुने गरी हाललाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);