काठमाडौं । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले सामाखुशीबाट पक्राउ गरेको हो ।
वैवाहिक जबरजस्ती करणी मुद्दा परेपछि गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्ला अदालत समक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो ।
जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको थियो । श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् ।




