आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा बिस्तार गर्न जरुरी रहेको बताएको छ ।

मंगलवार काठमाडौंमा जारी वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सतिव डा. रोशन पोखरेलले अनुसन्धान केन्द्रहरुलाई सातै प्रदेशमा बिस्तार गरी अनुसन्धानको दायरा फराकिलो बनाउन जरुरी रहेको बताउनुभएको हो । उहाँले शाखा बिस्तारका लागि मन्त्रालयले आवश्यक काम अघि बढाइसकेको पनि बताउनु भयो । उहाँले अनुसन्धानका शाखाहरु प्रादेशिक रुपमा अघि बढाउने विषयमा मन्त्रालयमा गहन छलफल भइरहेको बताउनु भयो । उहाँले देशमा नसर्ने रोगहरुको पनि अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो । उहाँले अनुसन्धानका गतिविधिहरुलाई तिब्रता दिन पनि आग्रह गर्नुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले संवैधानिक व्यवस्थालाई दृष्टिगत गरी खोज र अनुसन्धानबाट प्राप्त तथ्य, तथ्यांकका आधारमा स्वास्थ्य नीति, रणनीति, योजना तर्जुमा गर्नेगरी सरकारले स्वास्थ्य अनुसन्धानका क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षणका लागि विशेष कार्यक्रम लागू गरिने बताउनु भयो । उहाँले युवाहरुको नविन विचार र अनुसन्धानले स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा युवा वैज्ञानिकलाई विशेष प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याइने पनि बताउनु भयो ।

 

Leave a Reply