कांग्रेसले अब के गर्ला ? | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

कांग्रेसले अब के गर्ला ?

काठमाडौं,२२ चैत्र । नेपाली काँग्रेसले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गर्नु भएको हो ।

सांसद शर्माले उहाँले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनतालाई कमजोरी नठान्न सचेत गराउनु भयो । उहाँले संसद बैठकमा संसदीय छानविन समिति बनेमात्र चल्ल्न दिने स्पष्ट गर्नु भयो । नेपाली काँग्रेस संसदीय छानविन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उहाँको भनाई छ ।

उहाँले सरकार जिबि राईलाई खोज्नै नचाहेर अनेक बहाना गरिरहेको आरोप लगाउनु भयो । प्रहरी प्रमुखले सुपूर्दगी सम्बन्धी कानून छैन भनेर दिएको जवाफप्रति आपत्ती जनाउनु भयो । मलेसियाको कानूनमा यदि कुनैपनि देशको कोही अभियुक्त छ भने सम्बन्धित देशले कुटनैतिक प्रक्रियाबाट माग ग¥यो भने सुपूर्दगी गर्न सकिने उल्लेख रहेको शर्माले स्पष्ट गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी र कार्यव्यवस्था परामर्श समितिको सहमति बिना संसद बैठकको कार्यसूचि नराख्न सभामुखलाई आग्रह पनि गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);