मुद्दा सुनुवाईका लागि पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदालत जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १७ कार्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ आफूमाथि लागेको भ्रष्टाचारका दुईवटा मुद्दाको सुनुवाईका लागि इस्लामावादस्थित अदालतमा उपस्थित हुँदैछन्। उनी र उनको परिवारका सदस्यहरुमाथि लण्डनमा भएको सम्पत्तिलाई लिएर भ्रष्टाचारको अभियोग लागेको छ। उनीहरुले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन्।

शरिफ परिवारका समर्थकहरुले भ्रष्टाचारसम्बन्धी मुद्दा राजनीतिक प्रतिशोध भएको बताएका छन्। यसअघि पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्ट्राचार सम्बन्धी अभियोगहरुमा गरिएको छानबिनपछि शरिफलाई सार्वजनिक ओहदामा बसिरहन अयोग्य घोषित गरेको थियो। अदालतले उनलाई अयोग्य ठहर गरेपछि ६७ वर्षीय शरिफले गत जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

अदालतले देशको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्यासनल अकाउण्ट्याबिलिटी ब्यूरोलाई अनुसन्धान गर्न र शरिफका परिवारको सबै सम्पत्ति र आर्थिक कारोबारको पनि छानबिन गर्न निर्देशन दिएको थियो। ब्रिटेनमा बस्दै आएका शरिफ बिहीबार लण्डनबाट पाकिस्तान फर्केका हुन्।

त्यहाँ उनी आफ्नी श्रीमतीको क्यान्सरको उपचार गराइरहेका थिए। अदालतमा उनको पहिलो उपस्थितिलाई स्वदेश तथा विदेशमा चासो पूर्वक हेरिने बीबीसीका अनबरअसन एटिराजनले बताए। गत महिनाको सुनुवाईमा शरिफ उपस्थित नभएपछि अदालतले जमानतमा रिहा हुनसक्ने गरी पक्राउ पुर्जी जारी गरेको थियो।

सन् २०१६ को ‘पनामा पेपर्स’ प्रकरणमा शरिफका सन्तानको सम्बन्ध कर छलीको उद्देश्यले विदेशमा खोलिएका नक्कली कम्पनीहरुसँग रहेको देखिएपछि उनको परिवारको सम्पत्तिबारे छानबिन गरिएको बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);