इमरान खानको भाषण प्रसारणमा प्रतिबन्धको मुद्दा उठाउन अदालतको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

इमरान खानको भाषण प्रसारणमा प्रतिबन्धको मुद्दा उठाउन अदालतको निर्देशन

लाहोर, १० साउन । लाहोर उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको भाषणको मिडिया प्रसारणमा प्रतिबन्ध हटाउन दायर गरेको याचिकामा प्रसारण नियामकसँग यो मुद्दा उठाउन निर्देशन दिएको छ।

इमरानले आफ्नो निवेदनमा आफ्ना भाषण र गतिविधिको मिडिया प्रसारणमा अघोषित रूपमा प्रतिबन्ध लगाइएको बताएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको भ्रष्टाचार मुद्दामा पक्राउ परेको विरोधमा मे ९ मा उनका समर्थकहरूले सैन्य प्रतिष्ठान र सरकारी भवनहरूमा आक्रमण गरे। यसपछि सेनाको निर्देशनमा प्रिन्ट र इलेक्ट्रोनिक मिडियालाई इमरानको भाषण र तस्बिर प्रसारण गर्न प्रतिबन्ध लगाइएको छ ।

इमरानको याचिकामा लाहोर उच्च अदालतले उनका वकिललाई पाकिस्तान मिडिया रेगुलेटरी अथोरिटी (एभ्ःच्ब्) समक्ष यो मुद्दा उठाएको थियो कि भनेर सोध्यो। यसबारे उनले नकारात्मक जवाफ दिए । यसबारे अदालतले आफ्नो उजुरी पेम्रामा लैजानुपर्ने बताएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले इमरान खानविरुद्धको अवहेलना मुद्दामा मुद्दा चलाउने प्रक्रिया अगस्ट २ सम्मका लागि स्थगित गरेको छ । इमरानका वकिलले अभिलेख र कागजपत्र संकलन गर्न समय मागेका थिए । पूर्वप्रधानमन्त्री मंगलबार पहिलोपटक निर्वाचन आयोगमा हाजिर भएका छन् ।

सोमबार आयोगले इस्लामाबाद प्रहरीलाई इमरानलाई पक्राउ गरी मंगलबार पेश गर्न निर्देशन दिएको थियो । उनीमाथि निर्वाचन आयोगविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेको आरोप छ । आयोगले गत वर्ष इमरानसँगै पीटीआईका पूर्व नेता असद उमर र फवाद चौधरीविरुद्ध अवहेलनाको मुद्दा चलाएको थियो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);