सिरियामा आइएस पराजित, आइएसको कब्जामा रहेको शहर सेनाको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ । सिरियाली सेनाले आइएसका अन्तिम आधार क्षेत्रमा कारबाही जारी राखेको बताइएको छ। सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार सेनाले आइएस लडाकुहरुलाई उनीहरुको उल्लेख्य उपस्थिति रहेको पूर्वी नगर देर-अल-जोरबाट भगाएको छ।

सिरियाको सीमापारि इराकको अल क्वेम् नगरमा पनि सरकार समर्थित फौजले आइएसविरुद्ध दबाब बढाएका विवरण प्राप्त भएका छन्। सिरियाली सरकारी टेलिभिजनका अनुसार देर अल जोरलाई सेनाले आइएसको कब्जाबाट मुक्त गरेको छ। अन्य खबरहरुमा सो नगरका आइएसका अन्तिम नियन्त्रण क्षेत्रमा सिरियाली सेना र उसका सहयोगीहरुले कारबाही जारी राखेका छन्।

इराकसँग सीमा जोडिएको रणनीतिक महत्वको देर-अल-जोरलाई सन् २०१४ मा आइएसले आफ्नो कब्जामा लिएको थियो। लडाइँ सीमापारि पर्ने इराकी नगरमा पनि आइएसविरुद्ध कारबाही तीव्र बनाइएका खबर प्राप्त भएका छन्। पछिल्ला केही सातायता देर-अल-जोर प्रान्तबाट करिब तीन लाख पचास हजार गैरसैनिकहरु आफ्ना घर छोडी अन्यत्र जान बाध्य तुल्याइएको थियो।

देर-अल-जोर आइएसको यसअघिको मुख्यालय मानिने रक्का नगर र इराकी सीमाको बीचमा अवस्थित छ। यसै क्षेत्रबाट आइएसले हातहतियार लडाकु र सरसामान ओसार पार्ने गर्दथे। बीबीसीका कूटनीतिक संवाददाता जनाथन मार्कस भन्छन्, आइएस विरुद्धको लडाइँमा सरकारी फौजहरु जिततर्फ अग्रसर देखिएपनि सिरियामा स्थिति जटिल बन्दैछ।
चासो

उनी भन्छन्, ‘त्यहाँ अब सिरियाली सरकारी फौज र अमेरिका समर्थित कुर्द समूहहरुबीच द्वन्द्व बढ्न सक्ने अवस्था आएको छ। ‘सिरियाको ठूलो भूभागमा कुर्द समूहहरुको नियन्त्रण कायम छ। इरानले आफ्नो क्षेत्रीय प्रभाव जमाउन खोज्दै छ भने ट्रम्प प्रशासनले कस्तो नीति अवलम्बन गर्ला भन्ने चासो बढिरहेको छ। राष्ट्रपति बसर अल-असदले चाहिँ आफूलाई बलियो बनाइसकेका छन् र उनले आउँदा महिनाहरुमा विपक्षी शक्तिहरुमाथि दबाब बढाउने अपेक्षा गरिएको बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);