आफ्नै भान्जी बलात्कार गर्ने दुर्इ बलात्कारीलाई दिईयो यस्तो कडा सजाय ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, १७ कार्तिक । उत्तर भारतस्थित एउटा अदालतले दश वर्षीया बालिकाको बलात्कारको अभियोगमा उनका दुईजना मामालाई आजीवन जेल सजाय तोकेको छ । भारतको सर्वोच्च अदालतले ती बालिकालाई उनकै जीवनका लागि खतरा हुने भन्दै गर्भपतन गर्नबाट रोकेपछि यो घटनाले त्यहाँको सञ्चारमाध्यमहरुको निकै ध्यान तानेको थियो।

जुलाई महिनामा ती बालिकाले पेट दुखेको गुनासो गरेपछि चिकित्सककहाँ लैजाँदा उनी गर्भवती भएको थाहा भएको थियो। अगष्टमा उनले एक बालिकालाई जन्म दिइन् । शुरुमा शंका गरिएको उनको मामाको डिएनएसंग शिशुको डिएनए नमिलेपछि उनका भाइ गिरफ्तार गरिएका थिए । एउटा फास्ट ट्र्याक भनिने छिटो मुद्दा हेर्ने अदालतले सोमबार ती दुवै पुरुषलाई बलात्कारमा दोषी ठहर गरेको थियो। बिहीबार उनीहरुलाई सजाय तोकिएको हो । प्रतिवादी पक्षले आफ्ना सोमबार सकेको थियो।

जेठा मामाको मुद्दालाई एक महिना लागेको थियो भने कान्छाको सुनुवाई निकै छिटो १८ दिनमा सकिएको छ। यो दर्दनाक घटनाले भारत तथा विश्वभर निकै चर्चा पाएको थियो । चन्डीगढस्थित स्थानीय अदालतले ती बालिकाको गर्भ ३० हप्ता पुगिसकेको भन्दै उनको ज्यानमा जोखिम हुने ठानी गर्भपतन विरुद्ध फैसला दिएको थियो। पछि सर्वोच्च अदालतले पनि उस्तै कारण देखाइ गर्भपतन गर्न रोक्यो।

भारतीय कानुनले २० हप्ताभन्दा बढी समयको गर्भलाई चिकित्सकहरुले त्यसले आमाको जीवनमा जोखिम पारेको छ भनी नभनेसम्म गर्भपतन गर्द दिंदैन । भारतमा बलात्कारका घटना धेरै हुने गर्छन्। एक आँकडा अनुसार प्रत्येक १५५ मिनेटमा त्यहाँ १६ वर्ष उमेर मुनिका एकजनाको बलात्कार हुने गर्छ । सन् २०१५ मा मात्रै १० हजार भन्दा धेरै बालबालिका बलात्कृत भएका थिए । यस्तो यौन हिंसाका आधा जति घटना चिनेजानेकै व्यक्तिबाट हुने बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);