‘तालिबानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘तालिबानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो’

एजेन्सी । तालिबानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । तालिबान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुर्व्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे । ‘हाम्रा कर्मचारीमाथि अपमान र दुर्व्यवहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै लायन्सले भने ।

यसअघि तालिबानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, गालीग्लौज र दुर्व्यवहार गरेको रोयर्टसले जनाएको थियो । ‘अफगान जनताका लागि आवश्यक काम राष्ट्रसंघले गर्न सक्दैन किनकी हाम्रा कर्मचारीमाथि तालिबान लडाकुले अनावश्यक त्रास र धम्की दिएका छन,’ लायन्सले भने ।

तालिबानले मानिसको अधिकारको सम्मान गर्ने पश्चिमा मुलुकलाई बताए पनि उनीहरुले बारम्बार दुर्व्यवहार गरेको विवरण सार्वजनिक हुने गरेका छन् । राष्ट्रसंघका कर्मचारीमाथिको दुर्व्यवहारबाट आफू आक्रोशित भएको अमेरिकी कूटनीतिज्ञ जेफ्री डीलाउरेन्टिसले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);