भारतले आफ्ना नागरिकलाई भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भारतले आफ्ना नागरिकलाई भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध

एजेन्सी । भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ ।

भारतको विदेश मन्त्रालयले चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको समेत जानकारी दिएको छ ।

दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।

चीनले पनि विषेश गरेर काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो ।

हिजो भारत समेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ ।

यो पनि पढ्नुहोस

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३४ हजार भन्दा बढी संक्रमणमुक्त

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);