चीनद्वारा गलवानमा भारतीय सेनासँग भएको झडपको भिडियो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चीनद्वारा गलवानमा भारतीय सेनासँग भएको झडपको भिडियो सार्वजनिक

एजेन्सी, ८ फागुन । गत वर्ष जुनमा लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झडपको भिडियो सार्वजनिक भएको छ । चिनियाँ सरकारी टेलिभिजनमा कार्यरत पत्रकार सेन सिवेईले उक्त झडपको भिडियो सार्वजनिक गरेका हुन् ।

सो भिडियो चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीमा पनि देखाइएको थियो । करिब ४ दशकपछि दुई देशबीच भएको ठूलो हिंसात्मक झडपमा २० जना भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो ।

सार्वजनिक भएको भिडियोमा भारतको नाम नलिईकनै विदेशी सेनाले पुरानो सम्झौता उल्लंघन गरेको बताइएको छ । यसअघि ग्लोबल टाइम्सले गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपमा मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गरेको थियो । सो घटनामा मृत्यु भएका चेन होङजुन, चेन चियाङरोन, र चियायो सियुआन अन्तिम समयसम्म पनि भारतीय सेनासँग लड्नै मुलुकका लागि बलिदानी दिएको समाचारमा बताइएको छ ।

वाङको भने आफ्ना सहकर्मीका उद्धारका लागि नदी तर्ने क्रममा मृत्यु भएको बताइएको हो । गत वर्षको जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर भएको बताइएको थियो ।

झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । भारतले आफ्नोतर्फ भएको क्षतिका बारेमा जानकारी दिए पनि चीनले भने केही भनेको थिएन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गर्दै आएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);