भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगञ्जमा प्रदर्शन

birgunj pradarshan

वीरगञ्ज, ७ असार । भारतमा नेपालको झण्डा जलाएको विरोधमा वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर २ जनालाई नियन्त्रणमा लिएको छ ।

जनता समाजवादी पार्टीको मुस्लिम विभाग केन्द्रीय कार्य समिति वीरगञ्जले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पार्टीको महानगरकमिटीका अध्यक्ष लियाकत अली र विद्यार्थी नेता मोहसिन राजालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । वीरगञ्जको मालपोत चोकबाट सुरु भएको बिरोध प्रदर्शन घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभा सकिने क्रममा प्रहरीले हस्तक्षेप गर्दा धकेलाधकेल हुँदा प्रहरीले महानगर अध्यक्षसहित २ जनालाई नियन्त्रणमा लिएको । र्‍यालीमा सहभागिहरुले झण्डा हाम्रो शान हो, झण्डा हाम्रो पहिचान हो, नेपाल आमा जिन्दाबाद लगायतका नारा लगाएका थिए ।

खैरुद्दिन हवारीको अध्यक्षतामा भएको कार्यक्रममा सलाउद्दिन अहमत, ज्याउल हवारी, अफरोज आलम लगायतको सहभागिता रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);