ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु

accident

दाङ, ७ असार । ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका-१४ का २७ वर्षिय प्रहरी जवान जीतेन्द्र चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आइतबार दिउसो करिब १२ बजेतिर तुलसीपुरबाट दंगीशरण गाउँपालिका १ रामपुर तर्फ गईरहेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको रा १ त ७५७ नम्बरको ट्रयाक्टरले तुलसीपुर-२ कुमालगैरीमा ठक्कर दिंदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता एवं प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिनुभयो ।

मृतक चौधरी ईलाका प्रहरी कार्यालय सुनौवलमा प्रहरी जवानका रुपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । मृतक चौधरी दंगीशरण गाउँपालिका-१ रामपुर स्थित ससुराली जाँदै थिए । ठक्कर दिने ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);