दाङमा करिब ७ महिना ४४ जना अभियुक्त पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा करिब ७ महिना ४४ जना अभियुक्त पक्राउ

दाङ, २६ कार्तिक । दाङमा प्रहरी करिब ७ महिनामा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ फरार भएका ४४ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । प्रहरीले गत बैशाख १ गते देखी मंगलवार कात्र्तिक २५ गते सम्म अदालतबाट दोषी ठहर भइ विभिन्न मुद्दामा फरार भएका ४४ जना अभियुक्तहरुलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सबैभन्दा धेरै चोरी मुद्दाका १० जना अभियुक्तहरु रहेका छन्, भने कर्तव्य ज्यान मुद्दाका ७ जना, ज्यान मार्ने उद्योगका २ जना, सवारी ज्यानका २ जना, जवरजस्ती करणीका ५ जना, मानव बेचबिखनका १ जना, लागु औषधका ४ जना, बहुविवाहका २ जना, लेनदेनका ३ जना, बन सम्बन्धीका २ जना र सार्वजनिक अपराध सम्बन्धीका ६ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

अदालतबाट दोषी ठहर भइ फरार भएका अभियुक्तहरुलाई खोज तलास गदै जाँदा विभिन्न समयमा पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकाहबाट १३५ बर्ष ८ महिना १ दिन कैद सजाय र ३ लाख ८१ हजार ८६६ रुपैया जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);