सेनामा जागिर लगाइदिने भन्दै ठगी,३ जना कारागार चलान | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सेनामा जागिर लगाइदिने भन्दै ठगी,३ जना कारागार चलान

दार्चुला,२५ साउन । नेपाली सेनामा भर्ना गरिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका तीन जना कारागार चलान भएका छन् । जिल्ला अदालत दार्चुला ले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ। त्यसै गरी अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

धरौटीमा रिहा हुनेमध्ये महाकाली नगरपालिका–३ का २१ वर्षीय ईश्वर सिंह महर ४४ वर्षीय विशन सिंह नगाल, २७ वर्षीय रमेश सिंह महर, ३० वर्षीय देव सिंह महर र कैलालीको गोदावरी नगरपालिका–३ कालीका टोल का ३४ वर्षीय शंकरकुमार भुल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्त हरु ले बिभिन्न ७ जना बाट बिभिन्न समयमा बैंक खाता र इ सेवा बाट१४ लाख ९५ हजार रुपैयाँ ठगी गरि रकम असुल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);