बामफोक प्रहार गरी श्रीमतीको हत्या  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

बामफोक प्रहार गरी श्रीमतीको हत्या 

murder
ईलाम,२५ साउन । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै श्रीमती ४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका–२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका–७ तम्फुवा घर भएका ५० वर्षीय पूर्ण बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका–२ लालिखर्कबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply