प्रधानमन्त्री ओली र मोदीद्वारा पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओली र मोदीद्वारा पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन

pm oli -pm modi

काठमाडौं, २४ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्विच थिची उक्त पाइपलाइनको मंगलबार दिउँसो १२ बजेर १५ मिनेटमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा दुवै देशका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिनु भएको थियो । पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताउनु भयो ।

इलेक्ट्रिक स्विच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन सुरु गर्ने बताइएको छ । उद्घाटनको दृश्य आयलनिगम अमलेखगञ्जको डिपो र भारतीय आयल निगम कर्पोरेसनको मोतिहारी डिपोबाट प्रत्यक्ष रुपमा हेर्नसक्ने व्यवस्था गरिएको थियो । उद्घाटनपछि तत्काल बरौनी डिपोबाट डिजेल आउने भएको छ । २०६१ मा नेपाल र भारतबीच भएको सम्झौताअनुसार सो पाइपलाइन निर्माण भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);