खानेपानीमा जातीय विभेद : गैरदलितको धारा छोए गालीगलौच | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

खानेपानीमा जातीय विभेद : गैरदलितको धारा छोए गालीगलौच

chuwachut

अछाम । पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै, तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक छ । कथित तल्लो जाति भनिएकाले प्रयो गर्दै आएको धारामा पानी नआए एक घण्टा टाढाको वनमा जानु पर्ने बाध्यता छ । अछामको साँफेबगर नगरपालिका–२ जाल्पादेवीको बागभिडी टोलमा यस्तो रित वर्षौदेखि चल्दै आएको छ ।

बागभिडी टोलमा कुँवर, विक र आउजी समुदायको बसोवास छ । उक्त टोलमा कुँवरहरूका लागि एउटा धारो, विक र आउजी समुदायका लागि अर्को धारो छ । धारोमा आउने पानीको मुहान एउटै भए पनि दलितहरूले कथित माथिल्लो जाति भनिएकाहरूले प्रयोग गर्ने धाराको पानी पिउन नपाउने स्थानीय ४० बर्षीया निर्मला आउजी बताउँछिन् । कुँवर समुदायका व्यक्तिहरूले दलित समुदायका मानिसले धारा छोएमा गालीगलौज गर्ने गरेको उनले दुखेसो पोखिन ।

केही समययता दलित समुदायले प्रयोग गर्दै आएको धारामा पानी आउन छाडेको छ । पानी नआएपछि एक घण्टाभन्दा बढी समय लगाएर जंगलबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको उनले बताइन । 

गैरदलितको धारामा दैनिक आठ घण्टा पानी आउने गरे पनि दलित समुदायले भने पानी भर्न नपाउने स्थानीय झुप्री विकले बताइन । ‘बढी भएको पानी गैरदलित समुदायको पानी ट्याङकीमा जम्मा हुन्छ । तर, हामी जंगलमा गएर ल्याउनु पर्छ,’ उनले भनिन् ‘दलित समुदायका व्यक्तिले धारामा पानी आएको हेर्न पाउछन् भर्न पाउँदैनन् ।’ धारोको बाटो भएर मेलापात गोठालो जाँदाआउँदा प्यास लाग्छ, प्यास लागे पनि जातीय विभेदका कारण पानीको प्यास मेट्न पाउँदैनौं,’ विकले भनिन् । 

दलित समुदायभित्रैको विभेद झन चर्को
दलित समुदायभित्र हुने विभेद झन चर्को रहेको भागभिडीकी अमृता आउजी बताउँछिन् । दलित र गैरदलित समुदायका व्यक्तिले पानीको उपयोग गर्दै आए पनि आउजी समुदायले झनै समस्या भोग्नु परेको उनको भनाइ छ । उनले भागभिडीमा पानी भर्न नपाउँदा छिमेकी वडामा पानी भर्न जान बाध्य भएको बताइन । छिमेकी वडामा पानी भर्न जाँदा अपहेलना भोग्नु परेको उनले बताइन ।  

सार्वजनिक स्थल, धारा, पाटी, पौवा, भोज, भतेरमा समेत दलित समुदायले अपहेलित हुनुपर्ने स्थानीय प्रेम आउजीको भनाइ छ । उनले गैरदलित समुदायको पक्षमा थुप्रै सरकारी तथा गैरसकारी संस्थाले काम गर्दै आए पनि दलित समुदायमाथिको विभेद कायमै रहेको बताए । 

साँफेबगर नगरपालिका–२ जाल्पादेवीका वडाअध्यक्ष कालु सिंह कुँवरले भने दलित समुदायका व्यक्तिले भने जस्तो विभेद नरहेको दाबी गरे । जाल्पादेवीमा पानीको अभाव हुँदा समस्या चाहीँ भएको उनले बताए । बागभिडीमा देखिएको खानीपानीको समस्या समाधानको लागि डिप बोरिङ्ग राख्ने पक्रिया सुरू भइसकेको पनि उनको भनाइ छ । उनले डिप बोरिङ्ग गाँडेपछि भागभिडीमा खानेपानी समस्या समाधान हुने उनले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);