झापामा तीन पाङ्ग्रे टेम्पो लोकप्रिय बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

झापामा तीन पाङ्ग्रे टेम्पो लोकप्रिय बन्दै

tempo

सुरेन्द्र भण्डारी
झापा, ९ बैशाख
। झापामा तीन पाङ्ग्रे टेम्पो लोकप्रिय बनेको छ । दैनिक सयौंको सख्यामा युवाहरु विदेश पलायन भइरहेको समयमा झापाका युवाहरु भने टेम्पो चलाउन आर्कषित भएका छन् । टेम्पो चलाएर नै उनीहरुले मासिक ५० हजार भन्दा धेरै आम्दानी गर्न सफल भएका छन् ।

रोजगारको लागि नेपाली युवा विदेश पलायन हुने क्रम बढ्दो छ । तर झपाका कतिपय युवा भने विदेशबाट फर्किएर तीन पाङ्ग्रे टेम्पो चलाउन थालेका छन् । विदेशमा धेरै दुख पाएपछि स्वदेश फर्किएर टेम्पो चलाउन सुर गरेका हुन् । उनीहरुले टेम्पो चलाएर दैनिक २ हजार बचत गर्न सफल भएका छन् ।

भाडामा चलाउदै आएका चलकले अहिले आफै आफैं टेम्पो किनेर चलाउन सफल भएका छन् । थोरै लगानीमा टेम्पो खरिद गरेर चलाउन सकिने भएकाले युवाको आकर्षण टेम्पो व्यवसायतर्फ बढेको हो ।

देशभर ४० हजार टेम्पो संचालनमा रहेकोमा झापामा मात्रै तीन हजारको हाराहारीमा टेम्पो संचालनमा छन् । उता सवाररी साधनको चाप बढेपछि सवारी व्यवस्थापनमा ट्रफिक प्रहरीलाई कठिन भएको छ । ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै टेम्पो संचालन गर्ने हो भने स्वादेशमै युवाले रोजगार पाउनुका साथै राम्रो आम्दानी गर्न सक्ने छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);