अज्ञात समुहद्वारा चलाइएको गोली लागेर एक भारतीयको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अज्ञात समुहद्वारा चलाइएको गोली लागेर एक भारतीयको मृत्यु

india nagarik hatya

बुटवल, १४ चैत । बुटवल उपमहानगरपालिकाको मैनाबगरमा अज्ञात समुहद्वारा चलाइएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मृतक फिरोज खान भारतीय नागरिक रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पुष्टि गरेका छन् । उनका अनुसार गोलीकाण्ड घटनास्थल बुटवल उपमहानगर वडा न. १ गढी टोलमा भएको थियो ।

ईरिक्साबाट ओर्लिदै गर्दा अज्ञात व्यक्तिले फिरोज माथी गोली प्रहार गरेका थिए । उनको छातीमा गोली लागेको थियो । गोली लागेका उनको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनलाई कस्ले र किन गोली हानेको भन्ने कुराको भने पुष्टि भएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);