अज्ञात समुहद्वारा पूर्वमन्त्रीमाथि गोली प्रहार, मुस्किलले बचे यादव | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

सिराहा, १५ मंसिर । पूर्वमन्त्री राजलाल यादवमाथि गोली प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यादवलाई घरदैलो सकेर फर्कदै गर्दा गोली प्रहार गरिएको हो।

लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा दुई राउन्ड गोली हानेको यादवले जनाएका छन्। गोली प्रहारबाट पूर्वमन्त्री यादव मुस्किलले बचेका छन्। गाडी तीब्र गतिमा भएकोले गोली प्रकार गर्नेको निशाना चुकेको बताइएको छ । गोली गाडीको पछाडिको बायाँपट्टीको झ्यालमा लागेर सिसा फुटेको छ।

ताजा समाचार