२ अंकको आर्थिक वृद्धिदर हुने आधार तय : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

२ अंकको आर्थिक वृद्धिदर हुने आधार तय : अर्थमन्त्री

bajet-arthamantri

काठमाडौं, १५ जेठ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुत्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै हुनु हुन्छ । बधवार संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय भएको बताउनुभयो । उहाँले नेपालमा २ अंकको आर्थिक वृद्धिदर हुने आधार पनि तय भएको दाबी गर्नुभयो ।

बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री खतिवडाले पूँजिगत खर्च कम भएकाले त्यसलाई बढाउनका लागि थप मेहेनत गर्नुपर्ने बताउनुभयो ।उहाँले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा प्रदेशका लागि ५५ अर्ब ३० करोड र स्थानीय तहका लागि ८९ अर्ब ९५ करोड समानिकरण अनुदान विनियोजन गरेको उल्लेख गर्नुभयो । यस्तै प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोडको सशर्त अनुदान विनियोजन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);