कोरोनाबाट असर परेको अर्थतन्त्र उकास्न बजेट : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाबाट असर परेको अर्थतन्त्र उकास्न बजेट : अर्थमन्त्री

arthamantri

काठमाडाैं १६ जेठ । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रम मार्फत ५५ अर्ब देखि ६० अर्ब रुपैयाँ सम्म खर्च गर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो ।

उहाँले सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रमबाट राहतको व्यवस्था गरेको उल्लेख गर्नुभयो । मन्त्री खतिवडाले आर्थिक क्रियाकलापलाई पूँजी क्षय हुन नदिन र उद्योगी व्यवसायिको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको उल्लेख गर्नुभयो ।

उहाँले प्रधानमन्त्री रोजगारी कार्यक्रम मार्फत ३ अर्ब, विद्युत छुटमा ८ अर्ब, सहुलियतपूर्ण कर्जाका लागि १४ अर्ब, पुर्नकर्जाका लागि २० अर्ब रकम खर्च हुने बताउनुभयो । यस्तै कर छुट मार्फत साढे ६ अर्बको राहत मिल्ने र खाद्यान्न विक्री वितरणमा १० प्रतिशत छुट दिदा ५० करोड भन्दा बढी रकम खर्च हुने बताउनुभयो ।

उहाँले बजेटमा ७ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गर्ने,आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउने र आयातित वस्तुमाथिको निर्भरतालाई कम गर्दै जाने नीति बजेटले लिएको बताउनुभयो । मन्त्री खतिवडाले कोरोना भाइरसका कारण आन्तरिक आर्थिक क्रियाकलाप संकुचित भएको अवस्थामा थप करको बोझ नबढाइएको तर यथावत राखिएको अर्थमन्त्री बताउनुभयो ।

उहाँले विद्युतीय गाडी आयात हुँदा दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा बाहिरिएकोले कर बढाइएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);