बजेटमा एमसीसीका परियोजना राखेको स्वीकार : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बजेटमा एमसीसीका परियोजना राखेको स्वीकार : अर्थमन्त्री

budget 2077-arthamantri

काठमाडौ, १९ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अमेरिकी सहयोग नियोग एमसीसी संसदबाट निर्णय नहुदासम्म यथावत रहने बताउनुभएको छ ।

सोमवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सो कुरा बताउनुभएको हो । उहाँले बिगत तीन बर्षदेखि एमसीसीमा रहेका केही परियोजना बजेटको अनुसुचिमा निरन्तर राख्दै आएको उल्लेख गर्नुभयो ।

मन्त्री खतिवडाले संसदबाट निर्णय भएपछि मात्रै एमसीसीका अरु काम अघि बढ्ने बताउनुभयो । एमसीसी परियोजना अन्तरर्गतको कार्यक्रम बजेटमा उल्लेख भएको भन्दै सत्तारुढ दलका सांसदहरुले यसको विरोध गर्दै आएका छन ।

त्यसैगरी सांसदहरुको प्रश्नको जवाफमा अर्थमन्त्री खतिवडाले वित्त आयोगको सुझाव अनुसार कुल ग्राहस्थ उत्पादनको ५ प्रतिशतको वरिपरि रहेर आन्तरिक ऋण उठाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले नीजी क्षेत्रमा जाने कर्जालाई विस्थापित नगर्ने गरी सरकारले ऋण उठाउने व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले बाह्य स्रोतको व्यवस्थापनको सन्दर्भमा एसियाली विकास बैंकसँग कोरोना समस्या समाधानका लागि ५० अर्ब रुपैयाँको बजेट सपोर्ट सम्झौता गरिएको बताउनुभयो । उहाँले समग्र कृषि क्षेत्रका लागि झण्डै ८० अर्ब बराबरको बजेट छुट्याइएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले बजेटमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई सीपको आधारमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । सामुदायिक विद्यालयहरु नीजि विद्यालयहरुलाई हस्तान्तरण गर्न नखोजिएको मन्त्री खतिवडाको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);