फास्ट ट्रयाकका लागि १५ अर्ब विनियोजन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फास्ट ट्रयाकका लागि १५ अर्ब विनियोजन

yubaraj

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले फास्ट ट्रयाकको लागि १५ अर्व विनियोजन गरेका छन् । यसैगरी मेलम्चीका खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन भएको छ। आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम पूरा हुने अर्थमन्त्रीले घोषणा गरेका छन्। यसैगरी मेट्रो रेल र मोनो रेलका लागि ७ अर्ब विनियोजन गरिएको छ ।

मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बिनियोजन भएको छ। नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब विनियोजन  भएकाे छ । काठमाडौंको चक्रपथ सडक विस्तारका लागि १ अर्ब ८१ करोड विनियोजन । वीपी राजमार्गको सुधारका लागि ९६ करोड विनियोजन । मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड विनियोजन।  हुलाकी राजमार्ग कालोपत्रे गर्नका लागि १३ अर्ब विनियोजन गरिएको छ । पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउका लागि १९ अर्ब १८ करोड विनियोजन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);