पाकिस्तानद्वारा क्रिकेट खेलका लागि ७ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पाकिस्तानद्वारा क्रिकेट खेलका लागि ७ अर्ब ७६ करोड रुपैयाँ बजेट विनियोजन

एजेन्सी, १३ साउन । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले आर्थिक वर्ष २०२०/२१ का लागि ७ अर्ब ७६ करोड पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको छ । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष इशान मनीले आर्थिक वर्ष २०२०/२१ का लागि ७ अर्ब ७६ करोड पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

कोरोना भाईरसको महामारीको कारण पीसीबीले अघिल्लो वर्ष भन्दा यसवर्ष १० प्रतिशतले बजेट घटाएको छ । कुल बजेट घटे पनि क्रिकेट गतिविधिका लागि छुट्टाईएको बजेट नघट्ने पीसीबीले जनाएको छ । आगामी एक वर्षभित्र क्रिकेट गतिविधिका लागि ५ अर्ब २९ करोड पाकिस्तानी रुपैया बजेट बिनियोजन भएको पीसीबीले जनाएको छ ।

यसमा टोलीको उच्चस्तरिय प्रशिक्षणका लागि १ अर्ब ८० करोड पाकिस्तान सुपर लिगका लागि १ अर्ब ४ करोड , अन्तराष्ट्रिय क्रिकेटका लागि १ अर्ब ४० करोड रुपैया रहेको छ । महिला क्रिकेटलाई ४१ करोड छुट्टाईएको पीसीबीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);