आज आगामी आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै, अर्थमन्त्रीले ४ बजे प्रस्तुत गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज आगामी आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै, अर्थमन्त्रीले ४ बजे प्रस्तुत गर्ने

bajet

काठमाडौं, १५ जेठ । सरकारले आज आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि आय–व्ययको विवरण सार्वजनिक गर्दै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको अपरान्ह ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले करीब १५ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्नुहुनेछ । बजेटका लागि १० खर्ब राजस्व उठाउने लक्ष्य छ । बाँकी रकम वैदेशिक सहायता तथा ऋण, आन्तरिक ऋण र यस वर्ष खर्च नभएर बचेको रकमबाट जुटाउने योजना अर्थमन्त्रालयको छ ।

सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब वृद्धि, केही उत्पादनलाई अनुदान, युवाका नाममा राजनीतिक कार्यक्रम, कृषि तथा स्वदेशी उद्योग अनुदानलगायतका वितरणमुखी कार्यक्रमहरू आगामी वर्षको बजेटमा प्राथमिकतामा परेका छन् । बजेटमा नौ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिँदै छ । यसअघि ४ करोड रुपैयाँ विनियोजन भएपनि यसपटक ‘सांसदलाई बजेट’ कति दिने भन्नेबारे अन्योल कायमै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);