३९ अर्ब हाराहारीको बजेट ल्याउँदै लुम्बिनी प्रदेश | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

३९ अर्ब हाराहारीको बजेट ल्याउँदै लुम्बिनी प्रदेश

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दैछ ।

लुम्बिनीमा स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गतवर्ष यस प्रदेशमा ३७ अर्ब ३५ करोडको बजेट ल्याएको थियो । लुम्बिनी प्रदेशमा आज आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्दै छन् ।

प्रदेश सरकार निर्माण भएर लुम्बिनीमा पहिलो पटक आर्थिक मन्त्रीले बजेट प्रस्तुत गर्न लागेका हुन् । यसअघिका वर्षहरुमा भने आर्थिक मामिला मन्त्रालय आफै सँग राखेका कारण मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्दै आएका थिए ।

आज दिउँसो ३ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/ ७९ को बजेटमा पनि गएको वर्षको बजेटमा जस्तै कोभिड नियन्त्रण, उपचार र कोभिडका कारण रोजगारी गुमाएकाको रोजगारी, कृषि र आर्थिक पुनरुत्थानमा केन्द्रीत भई बजेट ल्याउने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);