सातवटै प्रदेशहरुले आज आर्थिक वर्ष २०७८/०७९ बजेट ल्याउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सातवटै प्रदेशहरुले आज आर्थिक वर्ष २०७८/०७९ बजेट ल्याउँदै

काठमाडौं ।  देशभरका सात वटैै प्रदेशहरुले आज बजेट ल्याउँदै छ ।

असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक ब्यवस्था अनु्रुप सातै वटा प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन् । कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि प्रदेश सरकारले बजेट निर्माणको काम सम्पन्न गरेका छन् ।

धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन र आन्तरिक स्रोत सुदृढ पार्न सकेको देखिएको छैन । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश २ ले पनि ३३ अर्ब आसपासको बजेट ल्याँउदैछ । यता बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ भने गण्डकी प्रदेशले ३२ अर्ब हाराहारीको बजेट खाका तयार पारेको छ ।

लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारी बजेट ल्याउँदैछ । यता कर्णाली प्रदेश र सुदुपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने तयारीमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);