कोशीबाहेकका सबै प्रदेशले आज बजेट ल्याउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कोशीबाहेकका सबै प्रदेशले आज बजेट ल्याउँदै

काठमाडौं, १ असार । कोशीबाहेकका सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट ल्याउँदै छन् । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले आज बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

प्रदेश सरकारले हरेक वर्ष १ असारभित्र नयाँ आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको छ । मधेश प्रदेशले ४० अर्बहाराहारीको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको भन्दा करिब ११ प्रतिशतले आकार घटाएर बजेट ल्याउने तयारी गरेको हो । बागमतीले पनि चालू आर्थिक बर्षको ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट १० प्रतिशतसम्मले घटाएर ल्याउने भएको छ ।

गण्डकी प्रदेश ३२ अर्बको हाराहारीमा बजेट ल्याउँदै छ । लुम्बिनीमा आगामी आर्थिक वर्षका लागि करिब ४० अर्ब रुपैयाँबराबरको तथा सबैभन्दा सानो आकारको बजेट ल्याउने कर्णाली प्रदेशले यो वर्ष पनि ३० अर्ब जतिको बजेट ल्याउने बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले अहिलेको भन्दा करिब १५ प्रतिशत सानो आकारको बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम सरकारको चालु आर्थिक बर्षको बजेट ३६ अर्ब ७४ करोड ६४ लाख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);