कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत पाए | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत पाए

सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठकमा सांसदहरूले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन ।

सत्तारुढ बाम गठबन्धनका ३२ जना सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने काँग्रेसका ५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसदले विपक्षमा मत हालेका थिए ।

सरकारले विश्वासको मत लिएपछि मुख्यमन्त्री शाहीले अव छिट्टै नीति तथा कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे । प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूहरुले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । आजको बैठक सकिएसँगै सभामुख राजबहादुर शाहीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका छन् ।