सुनको मूल्य फेरी बढदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुनको मूल्य फेरी बढदै

gold shop


काठमाडौं, ३० साउन । शुक्रबार सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन बिहीबार तोलामा दुई हजार ६०० रुपैयाँले बढेको सुन शुक्रबार भने तोलामा ८०० रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि शुक्रबार उकालो लागेको छ । यसदिन चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्टिंय बजारमा पनि सुनको भाउमा वृद्धि भइरहेको छ । शुक्रबार सुन २३ डलरले वृद्धि भई प्रति अउन्स एक हजार ९५१ डलरमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति अउन्स एक हजार ९२८ डलर ताकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);