मंगलबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मंगलबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

gold shop

काठमाडौं, ३० भदौ । मंगलबार सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ । अघिल्लो दिन सोमबार पनि सुन तोलामा ४०० बढेर प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

यसैगरी मंगलबार चाँदी पनि तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा पनि मंगलबार सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन सो बजारमा ११ डलर भन्दा बढि वृद्धि भई प्रति अउन्स एक हजार ९६८ डलरमा किनबेच भइरहेको छ । त्यसैगरी चाँदी पनि प्रति अउन्स २७ डलर भन्दा बढिमा कारोबार भइराखेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);