सोमबार पनि शेयरबजरमा उछाल कायमै

काठमाडाैं, २९ भदाै । सोमबार पनि शेयरबजरमा उछाल कायमै रह्यो । सोमबार शेयरबजार ३ दशमलव २६ अंकले उकालो लाग्दा ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९ सय ८ रुपैया बराबरको शेयर खरिद विक्रि भएको छ ।

नेप्से परिसुचक ३ अंकले मात्र उकालो लाग्दा १० वटा कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । त्यस्तै कारोबारमा आएका १ सय ६९ कम्पनी मध्ये ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयरमुल्य घटेको छ । त्यसैगरी १० कम्पनीको शेयर मुल्य भने स्थीर देखिएको छ ।

सोमबार ४५ हजार ४ सय ५३ पटकको कारोबारमा ८८ लाख ३४ हजार २ सय १५ कित्ता शेयरहरु किनबेच भएका छन् । नेपाल पूनर्बीमा कम्पनीको सार्वधिक कारोबार भएको छ । उक्त कम्पनीको मात्र २० करोड ४३ लाख ८ हजार ६ सय ६८ रुपैया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १२ उपसमुह मध्य ५ उपसमुहको सुचक सकारात्मक रहेको छ भने बाकि ७ उपसमुहको सुचक नकारात्मक देखिएको छ ।

Leave a Reply