लुम्बिनीमा अविश्वास प्रस्ताव दर्ताविरुद्ध एमालेद्धारा सर्वोच्चमा दायर रिट न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनीमा अविश्वास प्रस्ताव दर्ताविरुद्ध एमालेद्धारा सर्वोच्चमा दायर रिट न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा

Sarbocha-Adalat

काठमाडौं । लुम्बिनी प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावविरुद्धको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गर्न माग गर्दै एमालेले सोमबार सर्वोच्च अदालतमा दारय गरेको रिट मंगलबार न्यायाधीश राउनको एकल इजलामा परेको हो ।

एमालेका तर्फबाट लुम्बिनी प्रदेश अध्यक्ष सांसद लिला गिरीले रिट दायर गरेका हुन् । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र प्रदेश सभाको विशेष अधिवेशन रोक्नुपर्ने रिटमा माग गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बुहमत प्राप्त दलको नेताका रुपमा शंकल पोखरेल गत बैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने रिट निवेदनमा उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिसकेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री पोखरेल विरुद्ध यो तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);