प्रेस युनियनको विशेष भेलाको निर्णयः नवौं महाधिवेशन २८ र २९ जेठमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रेस युनियनको विशेष भेलाको निर्णयः नवौं महाधिवेशन २८ र २९ जेठमा

काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ । जेठ १३ र १४ गते हेटौंडामा गर्ने भनिएको नवौं महाधिवेशनको मिति भदौमा सारिएपछि असन्तुष्ट भएको एउटा खेमाले शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा विशेष भेला आयोजना गरेको थियो । भेलाले युनियनको नवौं महाधिवेशन २८ र २९ जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको छ । भेलाले नवौं महाधिवेशन सम्पन्न गर्न उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु सम्मिलित महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रेस युनियनको विधान संशोधनका लागि सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने, केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक समिति गठन गर्ने निर्णय भएको प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष नकुल अर्यालले जानकारी दिए । यस्तै, युनियनको केन्द्रीय समितिले शुक्रबार केन्द्रीय कार्यालय थापागाउँमा युनियन स्थापना दिवस मनाउने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);