कांग्रेस जिल्ला सभापतिहरुको भेला आजदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कांग्रेस जिल्ला सभापतिहरुको भेला आजदेखि

काठमाडौं, २१ असार । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् ।

भेला पार्टी कार्यालय सानेपामा दिउँसो १२ बजे बोलाइएको हो । भेलामा पार्टी सदस्यता वितरण, नविकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने जनाइएको छ ।

भोलिसम्म चल्ने भेलामा सभापतिहरुले क्रियाशिल सदस्यको जिल्लागत अवस्थाबारे जानकारी गराउनेछन् ।

भेलामा भौतिक रुपमा उपस्थित हुन नसके सभापतिहरुले अनलाइनमाफृत अन्तक्रियामा सहभागी हुनसक्ने पनि व्यवस्था गरिएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);