कोशीमा आज सभामुखलाई जोडेर गठबन्धनले सरकार गठनको दाबी गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

कोशीमा आज सभामुखलाई जोडेर गठबन्धनले सरकार गठनको दाबी गर्ने

काठमाडौं, २१ असार । कोशी प्रदेशमा गठबन्धनले आज नयाँ सरकार गठनका लागि दाबी गर्दैछन् । नयाँ सरकार बनाउन राप्रपा समर्थन नभएपनि सभामुखलाई जोडेर बहुमत दाबी गर्ने सत्तागठबन्धन दलहरुले तयारी गरेका हुन् ।

संविधानको धारा १६८ (२) अन्तर्गत रहेर गत १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सकिन लाग्दा गठबन्धनले सभामुखलाई समेत जोडेर बहुमत भएको दाबी गर्ने तयारीमा जुटेका हुन् ।

खापुङले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका छन् ।

माओवादीका तर्फबाट सभामुख भएका बाबुराम गौतम ओखलढुंगा १ (२)बाट विजयी भएका थिए । उनले सभामुख भएसँगै पार्टीको सदस्यता परित्याग गरिसकेका छन् ।

Leave a Reply

ताजा समाचार