आज पनि काँग्रेस जिल्ला सभापतिहरुको भेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आज पनि काँग्रेस जिल्ला सभापतिहरुको भेला

काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि हुँदैछ । पार्टी केन्द्रिय कार्यालय सानेपामा भेला बिहान ११ बजेबाट शुरु हुनेछ । बिहीवारबाट शुरु भएको भेलामा आज पनि जिल्लाका सभापतिहरुले आफ्ना धारणा
राख्नुहुनेछ ।

बिहीवार २८ जना सांसदहरुले आफ्ना धारणा राखेको महामन्त्री गगनकुमार थापाले बताउनु भयो । अब आज बाँकी जिल्ला सभापतिहरुले आफ्ना धारणा राख्नुहुनेछ । भेलामा उपस्थित जिल्ला सभापतिहरुले आगामी केन्द्रिय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएका छन् । बैठकमा जिल्ला सभापतिहरुले नेपाली काँग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रश्तुती र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।

पार्टीका नेताहरु भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रुपमा उभिन आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);