कोशीमा मुख्यमन्त्री थापासहित सुनुवार र जवेगुले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कोशीमा मुख्यमन्त्री थापासहित सुनुवार र जवेगुले लिए शपथ

काठमाडौं, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापासहित २ जनाले शपथ लिएका छन् । मुख्यमन्त्री थापासहित नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका हुन् ।

सुनुवार र जवेगुलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन् ।  उनीहरुलाई शुक्रबार बिहान प्रदेश प्रमुख पर्शूराम खापङुले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

थापा मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका हन् । उनलाई बिहीबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले प्रदेश सभामुखलाई माओवादीको सांसदमै गणना गरी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा संसदीय दलका नेताको हस्ताक्षरसहित थापाले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको लागी दाबी पेस गरेका हुन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);